Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • सरकार र बन्चरेडाँडाबासीबीच ११ बुँदे सहमति, फोहोर ढुवानी अवरोध हट्यो


    बिहिबार, मंसिर ४ २०८२
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपत्यकाको फोहोर ढुवानी सहज हुने भएको छ । सरकार र बन्चरेडाँडाबासीबीच सहरी विकास मन्त्रालयमा बिहीबार सम्पन्न छलफलमार्फत् ११ बुँदे सहमति भएपछि फोहोर ढुवानी अवरोध हटेको हो ।

    सहमतिअनुसार बन्चरेडाँडा क्षेत्रमा विगतमा स्थानीयविरुद्ध चलाइएका मुद्दाका सम्बन्धमा सरकारले छिटो निर्णय गरेर पत्राचार गर्ने प्रतिवद्धता जनाएको छ ।

    त्यस्तै, काठमाडौं महानगरपालिका बन्चरेडाँडा क्षेत्रका दुई स्थानीय तहलाई दिँदै आएको ३-३ करोड रुपैयाँ अनुदान वृद्धि गरी ६–६ करोड पुर्याउने निर्णय गरिएको छ ।

    आगामी आर्थिक वर्षदेखि उक्त अनुदानमा बेलकोटगढी नगरपालिकालाई पनि समावेश गर्न महानगरलाई सिफारिस गर्ने सहमति भएको छ ।

    यसबाहेक तीनपिप्ले–कुमरी–गल्छी सडकलाई चालु आर्थिक वर्षमै बहुवर्षीय आयोजनाको रूपमा अघि बढाउन आवश्यक प्रक्रिया तुरुन्त थाल्ने सहमति पनि भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार