Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशन साउनमै सक्ने कार्यतालिका ल्याउन दवाव दिने पौडेल समूहको तयारी


    बिहिबार, फाल्गुन ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले प्रस्तावित महाधिवेशन हेरफेर गर्न माग गरेको छ । बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा समूहले केन्द्रीय अधिवेशन साउन २३ भित्र सक्नेगरी तालिका संशोधन गर्न दबाव दिने भएको छ ।

    समूहले असारको पहिलो हप्ताभित्र वडा देखि जिल्ला तहसम्मको अधिवेशन सक्न बैठकमा विषय उठाउने भएको पौडेल निकट एक नेताले जानकारी दिए । उनले भने– ‘साउनमा कदमकदाचित महाधिवेशन गर्न नसकिए भदौमा गर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराउन पनि साउन २३ को कार्यतालिका ल्याउनुपर्छ ।’

    पौडेल समूहले कृयाशिल सदस्यताको विवरण केन्द्रमा नपठाउने जिल्लाहरूलाई नपर्खने र महाधिवेशनमा भाग लिन नपाउने बाध्यात्मक अवस्था सिर्जना गर्ने नीति अपनाउन नेतृत्वलाई बैठकमा दबाब दिने तयारी गरेको छ । ‘अब बाध्यात्मक स्थिति सिर्जना नभए महाधिवेशन हुँदैन’, ती नेताले भने ।

    हिजोबाट सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठमा आगामि भदौको ७ देखी १० गते काठमाडौंमा १४औं महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि प्रस्तुत भएको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिएका थिए । केन्द्रीय समिति बैठक बिहीबार पनि बस्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार