Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले मानव साङ्लोद्वारा टुँडिखेल घेर्दै


    बिहिबार, फाल्गुन ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले मानव साङ्लोद्वारा टुँडिखेल घेराउ गर्दैछ । प्रचण्ड–नेपाल समूहले संसद विघटन, महँगी र भ्रष्टाचार जस्ता कार्यको बिरोध गर्दै आज दिउँसो चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको जनाएको छ। 

    प्रचण्ड–नेपाल समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थानसमेत तोकेको छ । जसमा मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म, काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकालीसम्म खटाइने जनाएको छ । भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता(कार्यकर्ताहरु रहने छन् ।

    सबै सहभागीहरुलाई पौने चार बजेसम्म तोकिएको आर्कमा पुगिसक्न निर्देशन दिइएको छ । सहभागीहरुलाई ब्यानर, झण्डा, प्लेकार्ड, भेषभुषा, बाजागाजा सहितका आवश्यक प्रबन्ध आफैं गर्न भनिएको छ ।

    नेकपाको आगामी फागुन ७ गते सबै वडामा विरध कार्यक्रम हुनेछ भने १५ गतेसम्म सार्वजनिक स्थलमा हस्ताक्षर संकलन गरिने कार्यक्रम रहेको नेता योगेश भट्टराईले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार