काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वमाओवादीका रामबहादुर थापा ‘बादल’ समूहलाई पार्टीदेखि राज्यका नियुक्तिमा पेल्दै लगेका छन् । ओलीले ११ सय केन्द्रीय सदस्य बनाउँदा बादल समूहका २२ जनामात्र राखेका छन् ।
बादलसहितका पूर्वमाओवादीलाई पार्टीका हरेक कमिटी र राज्यका नियुक्तिमा सम्मानजनक हिस्सा दिने सहमति गरेका ओलीले धोका दिएका छन् । बागमती प्रदेश कमिटीको अध्यक्ष ओलीले आनन्द पोखरेललाई बनाएका छन् भने सचिव खेम लोहनी भएका छन् । जबकि बादलले बागमती प्रदेश कमिटीको सचिवमा सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई बनाउने आश्वासन दिएका थिए ।
बादलले पूर्वमाओवादीभित्र डा.बाबुराम भट्टराईको समूहमा लागेर पेलिएका र सिन्धुपाल्चोकको भूगोलमा अग्नि सापकोटाका दाजुभाइको षडयन्त्रको शिकार भएका राजकुमार श्रेष्ठलाई दाबा लामाको ठाउँमा मन्त्री नै बनाउन खोजेका थिए । मन्त्रीमा दाबा भए पनि पार्टीमा सम्मानजनक स्थान दिने आश्वासन दिए तर त्यो पनि नदिएपछि बादल रुष्ट भएका छन् ।
बादलले ओलीले पेल्दै लगेपछि पूर्वमाओवादीका टोपबहादुर रायमाझीसँग सल्लाह गर्न थालेका छन् । ७७ जिल्लामा गठन गरिएको भूमि आयोगमा पनि ओलीले बादल पक्षलाई पूरै माइनस गरी आफ्नै गुटका मात्र भर्ति गरेका छन् । पछिल्ला दिनमा भएका भूमि आयोग, युवापरिषददेखि वीमा समिति, पर्यटन बोर्ड जस्ता नियुक्तिमा पनि पूर्वमाओवादी पृष्ठभूमिका कसैले पनि भाग पाएका छैनन् ।
ओलीले पूर्वमाओवादीबाट आएका बादलसहितका टोपबहादुर रायमाझी, लेखराज भट्टहरुलाई पार्टीका कमिटीदेखि भातृसंगठनमा समेत पेलेका छन् ।
युवासंघको ५० भन्दा बढी पदाधिकारी बनाउँदा बादल समूहलाई कुनै पनि स्थान दिइएको छैन । युवासंघको दोस्रो भेला नै बादल समूहले बहिस्कार गरेको थियो । बादल समूहले बहिस्कार गरे पनि युवासंघको भेलाले बचनबहादुर सिंहलाई अध्यक्ष बनाएर ओली गुटमा लागेकाहरुलाई मात्र पदाधिकारी राखी कमिटी घोषणा गरिसकिएको छ । जुन कमिटी घोषणाले बादल समूहका युवाहरु आक्रोसित भएका छन् । र, ओली समूहले पूर्वमाओवादीलाई हदैसम्म पेलेको महसुस गरेका छन् । ओली युवासंघका नेताहरुले बादल समूहलाई आउने भए ५० पदाधिकारीमा १–२ जना दिने अभिब्यक्ति दिइरहेका छन् ।
यसैबीच, प्रधानमन्त्री ओलीले नेकपा फुटका मुख्य कारक मानिएका वामदेव गौतमलाई गृहमन्त्रीसहित उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेको कुरा सार्वजनिक भएपछि त बादल झस्किएका छन् । गृहमन्त्रीकै लोभले ओली समूहलाई साथ दिएका बादल त्यही गुम्ने भएपछि अहिले ओली समूहलाई साथ दिएकोमा पछुतो मान्न छाडेका छन् । नेकपा विभाजन हुनुअघिसम्म बादललाई साथ दिएका सूर्य सुवेदी पथिकले गाँस छाड्नु साथ नछाड्नु भनेका थिए । तर बादल साथ भन्दा गाँसमै रमाएर विगतमा जनयुद्ध सँगै लडेका सहकर्मीहरुतिर नलागी ओलीको प्रतिगमनमा साथ दिन पुगेका थिए ।
छोरा प्रतीक थापाले प्रहरीका सरुवा बढुवादेखि ठेक्कापट्टामा गरेका लेनदेनको बिषयमा ओलीहरुले भिडियोदेखि अडियो रेकर्ड राखेकाले पनि बादल त्यो गुट छाड्न सक्ने अवस्थामा थिएनन् । ओलीले बादललाई सुरुमा दुई अध्यक्षमध्ये एक दिने आश्वासन दिए, त्यतिले नपुगेर पार्टीमा इश्वर पोखरेल र उनलाई समान पोर्टफोलियो दिने भने । तर त्यसबिपरीत बादललाई तेस्रो बरियतामा राख्दैआएका छन् । प्रहरीका सरुवा बढुवामा पनि बादलको केही नचल्ने भएको छ ।
राज्यका हरेक अंगमा ओलीको हालीमुहाली हुने र बादलहरु फड्के किनाराका साक्षी मात्र भएका छन् । उनीहरुलाई सम्मानजनक स्थान दिने आश्वासन दिएर ओलीले मन्त्री त दिए, तर मन्त्रालय बालुटारबाटै चलाएका छन् । बादल, रायमाझीहरु गाडी चढ्ने, तलब खानेमै सीमित छन् । पूर्वमाओवादीका मन्त्रीहरुलाई ठूला आश्वासन दिएर प्रचण्डको साथबाट आफूतिर ल्याएर महाभारतमा सकुनीले कपटपूर्ण जुवामा हराएजस्तै बनाइदिएका छन् ।
ओलीले सत्तामा बाँडीचुँडी खाउँला भनेर ल्याए, तर खानेबेलामा भने आफू र आफ्नालाई मात्र दिएको महसुस माओवादी पृष्ठभूमिका मन्त्रीहरुले गर्न थालिसकेका छन् । विद्युत प्राधिकरणमा रायमाझीलाई समेत थाहा नदिई हितेन्द्रदेव शाक्यलाई ओलीले कार्यकारी निर्देशक सुटुक्क बनाएरै देखाएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend