Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • एनपीएल उद्घाटन खेलमा काठमाडौंले टस जित्यो, पहिला फिल्डिङ गर्ने


    सोमबार, मंसिर १ २०८२
    885
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को दोस्रो संस्करणको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले टस जितेर फिल्डिङ रोजेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेसँगै काठमाडौंका कप्तान करण केसीले साबिक विजेता जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    आज दिउँसो ४ बजे सुरु हुने यस खेलसँगै एनपीएलको दोस्रो संस्करण औपचारिक रूपमा प्रारम्भ भएको छ । जनकपुर बोल्ट्स अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ भने काठमाडौंको नेतृत्व करण केसीले सम्हालेका छन् ।

    यस पटक स्तरोन्नति गरिएको त्रिवि मैदानको फ्लडलाइटमा प्रतियोगिताका अधिकांश खेलहरू हुनेछन्। प्रतियोगितामा कुल आठ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार