Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सबैभन्दा धेरै कर तिर्ने व्यक्तिका रूपमा राजबहादुर शाह सम्मानित


    सोमबार, मंसिर १ २०८२
    755
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। व्यवसायी राजबहादुर शाह सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका छन् । राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत उनलाई सम्मान गरेको हो ।

    अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरूलाई सम्मान पत्र प्रदान गरेका हुन् । सबैभन्दा बढी आयकर तिर्ने निकायमा नेपाल दूरसञ्चार प्राधिकरण रहेको छ । एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भयो ।

    वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना-प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषिरपशुजन्यस् पोषक ब्रिडर, बैंक तथा वित्तीय संस्थातर्फ नेपाल इन्भेष्टमेन्ट बैंक सम्मानित भएका छन् । स्वास्थ्यरशिक्षातर्फ नोबेल मेडिकल कलेज, पर्यटनतर्फ सोल्टी होटेल सम्मानित भएका छन् ।

    वस्तु व्यापारतर्फ भाटभटेनी सुपर मार्केट, मध्य स्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।

    व्यक्तिगत आयकरमा राजबहादुर शाह र समयमै कर तिर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् । ५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रूपमा युनिलिभर नेपाल सम्मानित भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार