काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ भदौमा गर्ने प्रस्ताव पेस भएको छ । केन्द्रीय कार्यसमितिको बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्कले पार्टीको महाधिवेशन भदौमा गर्ने प्रस्ताव पेश गरेका हुन् ।
पार्टीको बिधान अनुसार महाधिवेशन फागुनभित्र गर्नुपर्ने हो । तर पटक पटक महाधिवेशन सार्दैआएको कांग्रेसले संविधान अनुसार पुनः ६ महिना बढाएर भदौमा गर्ने प्रस्ताव राखेको छ । सभापति शेरबहादुर देउवा भदौमा पनि महाधिवेशन गर्ने पक्षमा नभएकाले उनले यसबीचमा कुनै एक सानो पार्टीसँग एकता गर्न खोजिरहेका छन् । अर्को पार्टीसँग एकता गरेपछि महाधिवेशन भदौमा गर्नु पर्ने बाध्यत नहुने भएकाले पनि उनी यो चोरबाटोबाट सभापति पदमा अझै केही बर्ष रहने योजनामा रहेका छन् ।
देउवा महाधिवेशन फागुनमा गर्ने पक्षमा थिएनन् । उनले भदौमा गर्ने प्रस्ताव राखिसकेका छन् । र, पार्टीमा बहुमत भएकाले उनको त्यो प्रस्ताव बिहीबारको बैठकमा पारित पनि हुनेछ । केन्द्रीय कार्यसमितिको आजको बैठकमा महाधिवेशन सार्ने कुराको बिरोधमा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला देखिए । तर उनीहरु पनि महाधिवेशन गर्ने पक्षमा साँच्चिकै लागेका थिएनन् । उनीहरुलाई पनि फागुनमा महाधिवेशन हुने विश्वास नरहेको देखिएको छ ।
पौडेल–सिटौला पक्षनिकट जिल्लाका कांग्रेस सभापतिहरुले पनि क्रियाशील सदस्यताको विवरण समयमा बुझाउन सकेका छैनन् । पौडेल–सिटौला पक्षमाथि बाहिर देखाउन मात्र महाधिवेशन भदौमा सार्ने प्रस्तावको बिरोधमा उत्रिएको आरोप छ । आफूनिकट जिल्ला अध्यक्षहरुले समयमा क्रियाशील सदस्यता बुझाए नबुझाएकोबारेमा चासो नराख्ने पौडेल–सिटौलाको बिरोध देखावटी मात्र भएको देखिन्छ ।
बुधबारबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको बारेमा पत्रकारहरुलाई जानकारी गराउँदै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले २०७८ भदौ ७, ८, ९ र १० गते केन्द्रीय महाधिवेसन काठमाडौंमा गर्ने प्रस्ताव पेस भएको बताए ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend