Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक


    आइतबार, कार्तिक ३० २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्ने गरी बोलाइएको हो ।

    शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न गृह मन्त्री ओम प्रकाश अर्यालले बैठक बोलाएका हुन् ।

    बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता हुनेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार