काठमाडौं । आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनमा सहभागी हुन दल दर्ताको लागि तोकिएको आज अन्तिम दिन हो । आजबाट दल दर्ताको म्याद सकिँदैछ ।
निर्वाचन आयोगका अनुसार शुक्रबारसम्म २७ नयाँ दलले दर्ताका लागि निवेदन दिएका थिए, जसमध्ये पाँचले हालसम्म दर्ताको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र गतिशील लोकतान्त्रिक पार्टीले नयाँ दलका रूपमा मान्यता पाएका छन् । त्यस्तै १० वाम दलहरू एकीकृत भएर बनेको ‘नेपाली कम्युनिष्ट पार्टी (एकीकृत)’ ले पनि आयोगबाट दर्ता प्रमाणपत्र लिएको छ ।
रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी, नेपाल पनि आधिकारिक रूपमा दर्ता भइसकेको छ। यसैबीच, निर्वाचन घोषणा भएपछि दुई दल विभाजनबाट नयाँ राजनीतिक शक्ति उदाएका छन् ।
जनमत पार्टीबाट फुटेर बनेको ‘जनस्वराज पार्टी’ तथा नेपाल जनमुक्ति पार्टीबाट अलगिएर गठन भएको ‘राष्ट्रिय जनमुक्ति पार्टी’ दुवै आयोगमा सूचीकृत भइसकेका छन् ।
यससँगै निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगेको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend