Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभा विघटनले मुलुकलाई राजनीतिक दुर्घटनामा धकेल्याे : उपराष्ट्रपति पुन


    बुधबार, फाल्गुन ५ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा विघटनले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् ।

    नेपाल पत्रकार महासंघको २६औं साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्नु गलत भएकाे बताए । 

    ‘संविधान कार्यान्वयनको सुरुवाती चरणमै प्रतिनिधिसभा भंग हुनु गलत छ । यसले राजनीतिलाई सही दिशामा लैजाँदैन’ उनले भने ।

    संसद विघटनपछि जनतामा व्यापक निराशासँगै आक्रोश बढेको भन्दै उनले प्रधानमन्त्रीको गलत कदम सच्चिनुपर्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार