काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४६५ युनिटमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा सञ्चालनमा आएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्यालले विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयको सेवालाई सुचारु गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री अर्यालले करिब २ महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको बताए। त्यसैगरी आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरी हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।
उनले भने, ʻभदौ २३ र २४ गतेको घटना पश्चात् लुटिएकारहराएका सुरक्षाकर्मीका हतियार मध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ। र बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ।ʼ
गृहमन्त्री अर्यालले भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना फिर्ता ल्याएको जानकारी दिए। यस्तै ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको उनले बताए।
गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए। समयमै निर्वाचन गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन आफूहरू आतुर रहेको उनले बताए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend