काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नेपाल प्रहरीका ४६५ युनिटमा क्षति पुगेकोमा हालसम्म ४४८ वटा सञ्चालनमा आएका छन्। राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्यालले विवरण प्रस्तुत गर्दै क्षति पुगेका १० जिल्ला प्रशासन कार्यालय र ४ वटा इलाका प्रशासन कार्यालयको सेवालाई सुचारु गरिएको जानकारी दिएका हुन्।
गृहमन्त्री अर्यालले करिब २ महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सफल भएको बताए। त्यसैगरी आपराधिक कार्यमा संलग्न ४२९ जनालाई पक्राउ गरी हालसम्म १६८ वटा मुद्दा दर्ता भइसकेको उनले जानकारी दिए।
उनले भने, ʻभदौ २३ र २४ गतेको घटना पश्चात् लुटिएकारहराएका सुरक्षाकर्मीका हतियार मध्ये ७१८ थान सुरक्षाकर्मीको नियन्त्रणमा ल्याइसकिएको छ। र बाँकी हतियार फिर्ता ल्याउन सुरक्षा निकायहरूबाट संयुक्त अपरेसन सञ्चालन गरी खोजी कार्यलाई तीव्र बनाइएको छ।ʼ
गृहमन्त्री अर्यालले भदौ २३ र २४ को घटनामा देशका विभिन्न कारागारबाट कुल १४ हजार ५५४ कैदीबन्दी फरार भएकोमा हालसम्म ९ हजार ५४१ जना फिर्ता ल्याएको जानकारी दिए। यस्तै ५ हजार १३ जना पक्राउ गर्न बाँकी रहेको उनले बताए।
गृहमन्त्री अर्यालले आगामी फागुन २१ मा निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको प्राथमिक जिम्मेवारी रहेको बताए। समयमै निर्वाचन गरेर छिटोभन्दा छिटो जनताबाट निर्वाचित प्रतिनिधिलाई सुम्पन आफूहरू आतुर रहेको उनले बताए।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend