Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागार्जुन नगरपालिकामा अख्तियारको छापा, खरिदसम्बन्धी कागजात नियन्त्रणमा


    बिहिबार, कार्तिक २७ २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज बिहान नागार्जुन नगरपालिकामा छापा मारेको छ।

    नगरपालिकाले खरिद प्रक्रियामा अनियमितता गरेको भन्ने सूचनाका आधारमा छापा मारेको अख्तियारका प्रबक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

    अख्तियारको टोलीले वित्त-व्यवस्था, प्रशासन तथा खरिदसम्बन्धी विभिन्न कागजातहरू बरामद गरेको जनाएको छ। करार कर्मचारी भर्नादेखि सामान खरिद प्रक्रियासम्मका कागजातहरू जाँचपड़तालका लागि आयोगले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

    अख्तियारले प्रारम्भिक तथ्य संकलनपछि विस्तृत अनुसन्धान अघि बढाउने जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार