Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचनको तयारीबारे प्रधानमन्त्री कार्कीले आयोगका पदाधिकारीसँग लिइन् जानकारी


    बुधबार, कार्तिक २६ २०८२
    565
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीहरूले बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन् ।

    भेटमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा। जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका तयारीबारे जानकारी गराएका थिए।

    प्रधानमन्त्री कार्कीले आयोगको तयारी, राजनीतिक दलहरूसँगको समन्वय, दल दर्ता प्रक्रिया र मतदाता नामावली संकलनलगायत विषयमा चासो व्यक्त गरेकी थिइन् ।

    यसअघि मतदाता नामावली संकलनमा समस्या देखिएको भन्दै प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत सहज बनाउन निर्देशन दिएकी थिइन्। राजनीतिक दलहरूबीच अनिश्चितता बढिरहेको अवस्थामा प्रधानमन्त्री र आयोगबीचको यो भेटलाई महत्त्वका साथ हेरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार