Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री कार्कीसँग नेपाल प्रहरी प्रमुख खापुङ्गको विदाइ भेट


    बुधबार, कार्तिक २६ २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक ९आइजीपी० चन्द्र कुबेर खापुङ्गले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गरेका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार आइजीपी खापुङ्गले आफ्नो कार्यकाल सकिनु अघि प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका हुन्।

    विदाइ भेटका क्रममा खापुङ्गका उत्तराधिकारीका रूपमा हालै नियुक्त दानबहादुर कार्की पनि उपस्थित भएका थिए। भेटमा प्रहरी संगठनको हालको अवस्था र आगामी कार्ययोजनासम्बन्धी विषयमा सामान्य कुराकानी भएको स्रोतले जनाएको छ ।

    छोटो कार्यकालका क्रममा खापुङले नेपाल प्रहरीको नेतृत्व गर्दै संस्थागत प्रणालीलाई सुदृढ बनाउन अग्रसर रहे। इतिहासकै ठूलो ‘जेन जेड आन्दोलन’ समेत उनले सामना गर्नुपर्‍यो। यस क्रममा उनले प्रहरी संगठनको पक्षमा दृढ र व्यावसायिक रूपमा उभिए।

    उनी आज राति १२ बजेदेखि सेवा अवकाश हुँदै छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार