Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • मधेश सरकार गठनविरुद्धको रिट न्यायाधीश पाण्डेयको इजलासमा


    बुधबार, कार्तिक २६ २०८२
    635
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । मधेस प्रदेश सरकार गठनविरुद्ध एमालेबाहेक ७४ सांसदले दिएको रिटमाथि आज सुनवाइ हुँदैछ ।

    नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले मंगलबार दायर गरेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिएको हो ।

    सर्वोच्चको दैनिक पेशी सूचीअनुसार, मधेश सरकार गठनविरुद्धको रिटलाई इजलास नं. ४ मा पेशी तोकिएको हो ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेस एमाले संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठन भएको सरकार असंवैधानिक भएको रिटमा जिकिर गरिएको छ ।

    तत्कालीन मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरी संवैधानिक प्रक्रिया अगाडि बढाउन अन्तरिम आदेश माग गरिएको छ ।

    रिटमा मधेस प्रदेश प्रमुख, मधेस प्रदेश प्रमुखको कार्यालय, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, मधेस प्रदेशको मुख्यमन्त्रीको कार्यालय र मधेस प्रदेश सभाको सचिवालयलाई विपक्षी बनाइएको छ ।

    दलहरुलाई छलेर तत्कालीन प्रदेश प्रमुखले यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। उनले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान नै नगरी यादवलाई बर्दिवासको पानस होटलमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार