काठमाडौं । मधेश प्रदेश मुख्यमन्त्री सरोज यादवको नियुक्ति प्रक्रियाविरुद्ध सर्वोच्चमा दारय रिटमाथि आज सुनुवाइ हुँदैछ । एमालेबाहेकका ७४ प्रदेश सभा सदस्यले दायर गरेको रिटमा सुनुवाइका लागि आज पेसी तोकिएको हो ।
संविधानको धारा १६८ (३) बमोजिम गठन भएको सरकारविरुद्ध मधेशका ७४ सांसदले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनीहरूले नियुक्तिको निर्णय स्थगन गरी पुनः संवैधानिक विधिबाट मुख्यमन्त्री नियुक्ति प्रक्रिया आह्वानका लागि अन्तरिम आदेश माग गरेका छन् ।
यसअघि मंगलबारै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिइसकेको छ ।
स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौंतर्फ हिँडेकी तत्कालिन प्रदेश प्रमुख सुमित्रा भण्डारीले दलहरुलाई छलेर प्रदेशसभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता यादवलाई बर्दिवासको एक होटलमा शपथ ग्रहण गराएपछि असन्तुष्ट दलहरु सर्वोच्च पुगेका हुन् ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend