Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्रष्टाचारका मुद्दा दर्ता र कारवाहीमा प्रगति भएको अर्थ मन्त्री खनालको दाबी


    मंगलबार, कार्तिक २५ २०८२
    465
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण सम्बन्धी विषयमा नेपालले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको बताएका छन्।

    मंगलबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय निकायहरूले नेपाललाई पहिले ‘कानुन बनाएको तर कार्यान्वयन नगरेको’ भनेर आलोचना गरे पनि अहिले त्यस्तो नरहेको बताएका हुन्।

    ‘हामीले कानुन मात्र होइन, मुद्दा दर्ता र कारबाही प्रक्रियामा पनि प्रगति गरेका छौँ। यही प्रगतिबारे आगामी जनवरीमा हुने बैठकमा अन्तर्राष्ट्रिय निकायलाई जानकारी दिन सक्ने छौँ,’ उनले भने।

    अर्थमन्त्री खनालले नेपालले अन्तर्राष्ट्रिय निकायहरूसँग गरेको प्रतिबद्धता पालनामा पनि सरकार गम्भीर रहेको बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार