Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश सरकार गठनविरुद्ध ७४ सांसद सर्वोच्च अदालतमा


    मंगलबार, कार्तिक २५ २०८२
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध मधेस प्रदेशका ७४ जना सांसदहरू रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् ।

    नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेताहरू सर्वोच्च पुगेका हुन् ।

    संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध उनीहरु सर्वोच्च गएका हुन् । मधेस प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्ण यादवले मुख्यमन्त्री नियुक्त असंवैधानिक तरिकाबाट भएको भन्दै ७४ जना सांसद सर्वोच्च आइपुगेको जानकारी दिए ।

    दलहरुलाई छलेर प्रदेश प्रमुख सुमित्रा भण्डारीले एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्ति गरेर होटलमा शपथ ग्रहण गराएपछि दलहरु असन्तुष्ट छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार