Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भागरथीकाे हत्यारा नजिक प्रहरी पुगिसकेकाे गृहमन्त्री थापाकाे दावी


    मंगलबार, फाल्गुन ४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्नको नजिक प्रहरी पुगिसकेको दावी गरेका छन् ।

    मंगलबार सर्वोच्च अदालत बार एसोसिएसन, महिला समितिको नेतृत्वमा गृह मन्त्रालय पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री थापाले घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने प्रतिबद्धता व्यक्त गरे ।

    गृहमन्त्री थापाले कञ्चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको बताउँदै निर्मला प्रकरणबाट पाठ सिकेर प्रहरी व्यावसायिक रूपमा अनुसन्धानमा जुटेको बताए । महिला हिंसा रोक्न सरकार गम्भीर रहेको गृहमन्त्रीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार