Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट


    सोमबार, कार्तिक २४ २०८२
    490
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा सर्वोच्च अदालतमा रिट दायर भएको छ।

    रक्कीप्रसाद साह र सुजित यादवले आज रिट दायर गरेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मधेश सरकार गठनविरुद्ध अदालतमा रिट दायर भएको छ ।

    मधेश प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालय र मधेश प्रदेश सभालाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

    संविधानको धारा १६८ को उपधारा २ जीवित रहेको अवस्थामा ३ अनुसार प्रदेश प्रमुखले सरकार गठन गर्नु असंवैधानिक रहेको रिटमा जिकिर गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार