Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईंलाई ढुंगा बोक्न मेयर हर्क साम्पाङको निम्तो


    सोमबार, कार्तिक २४ २०८२
    470
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। धरानका मेयर हर्क साम्पाङले व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्तो दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत साम्पाङले प्रसाईंलाई श्रममार्फत देश बनाउने अभियानमा सहभागी हुन आग्रह गरेका हुन्।

    मेयर साम्पाङले प्रसाईंलाई सम्बोधन गर्दै लेखेका छन्, “दुर्गा प्रसाईंजी, अब यो देशलाई आन्दोलन होइन, श्रम संस्कृतिको खाँचो छ। माटोले रगत होइन, पसिना मागेको छ। म त हरेक घडी माटोसँग बात मार्छु। तपाई पनि ढुंगा बोक्न आउनु है। मिलेर देश बनाऔँ’

    साम्पाङले आन्दोलनभन्दा श्रमलाई प्राथमिकता दिनुपर्ने बताउँदै प्रसाईंलाई प्रत्यक्ष श्रममार्फत योगदान गर्न आह्वान गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार