काठमाडौँ । हिमालयन बैंक लिमिटेडमा झण्डै २२ दिनदेखि मोबाइल बैंकिङ बन्द छ । केही दिनअघि मात्रै चेकबुकलगायतका केही सेवा सुचारु गरिए पनि नयाँ सिस्टम अपग्रेड गर्ने नाममा ग्राहकलाई दुःख दिने काम गरिएको छ ।
हजारौं ग्राहकहरु मोबाइल बैंकमै आफ्नो सम्पूर्ण ब्यवसायिक काम गरिरहको अवस्थामा सेवा ठप्प हुँदा आक्रोशित छन् । बैंकले सुरुमा एक हप्ताका लागि सेवा रोकिने बताए पनि पछि २२ दिनभन्दा पहिले देखि मोबाइल बैंकिङ ठप्प छ । हिमालयन बैंकभन्दा अन्यत्र खाता नभएका ग्राहकहरुले सास्ती पाएका थिए । बैंकका कर्मचारीहरुसँग यस विषयमा जानकारी माग्दा आफूहरु पनि ग्राहकले जस्तै भुक्तमान पाएको बताउँछन् ।
यसै विषयमा बैंकका सूचना अधिकारी सुनिल गोरखालीसँग प्रतिक्रिया माग्दा आफ्नो पनि मोबाइल बैंकिङ नचलेको बताए । यस विषयमा जानकारी लिएर पछिल्लो अवस्थाका विषयमा पूर्ण विवरण दिने आश्वासन दिए पनि पछि सम्पर्कमा आएनन् ।
बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.३९ प्रतिशत पुगेको छ । नेपाल बैंकले भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडमा रहेको ऋणको कम्पाउण्ड ब्याजसमेत जोड्दा झण्डै एक अर्ब पुगेको छ । तथापि क्रण असुली विभागमा अहिले पनि मिलेमतोमा काम गरिरहेको छ ।
नेपाल बैंक लिमिटेड लिमिटेङ लिड बैंकका रुपमा रहेको भए पनि कन्सोर्टियमको बैठकसमेत समयमा हुन सकिरहेको छैन । नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक, कर्मचारी सञ्चय कोष र हिमालयन बैंकको कम्पाउण्ड ब्याजसमेत गरी भृकुटी कागज कारखानामा झण्डै १२ अर्ब ऋण लगानी रहेको ऋण असुली शाखाका एक कर्मचारीले बताए ।
कन्सोर्टियमको बैठकमा गोल्छा अर्गनाइजेशनका तर्फबाट भृकुटी कागज कारखानाको व्यवस्थापन हेर्ने हितेश गोल्छाले रमेश दाहाल नामका एक जना कामदारलाई पठाउने गरेका छन् । जसको कुनै अधिकार हुँदैन । हितेश प्रायः जसो विदेशमै बस्ने गर्छन् । किनकि उनको सम्पत्ति ट्याक्स हेवन कन्ट्रीमा रहेको विकिलक्सले सार्वजनिक गरेको छ । तथापि राष्ट्रबैंक र नेपाल सरकार लगायतका सरोकारवाला निकाय कहीँ कतैबाट पनि छानविन भइरहेको छैन ।
नेपाल बैंकका सीईओ तिलकराज पाण्डे, राष्ट्रिय बाणिज्य बैंकका देवेन्द्ररमण खनाल, कर्मचारी सञ्चय कोषका जितेन्द्र धिताल र हिमालयन बैंक लिमिटेडका अशोकशमशेर जवरा अहिले पनि भृकुटी कागज कारखानाको नाममा लिएको ऋण कहाँ लगानी भयो ? प्रष्ट खुलाउन चाहँदैनन् । उनीहरु गोल्छाकै निर्देशन बमोजिम काम गर्छन् । बैंकले भृकुटी पल्प एण्ड पेपर नेपाल लिमिटेडमा गरेको लगानी खराब कर्जामा परिणत भएको देखिए पनि सूचना प्रकाशन गर्ने, कालोसूचीमा राख्ने काम रोकिएको छ । यसका लागि लेनदेनमा नै अल्झिएको सहजै बुझ्न सकिन्छ ।
यसैबीच हिमालयन बैंकले चालु आर्थिक वर्ष २०८–२०८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफा ७० करोड २८ लाख ९४ हजार रुपैयाँ रहेको हो । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.२४ प्रतिशतले कम हो । गत आर्थिक बर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीले ७२ करोड ६४ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी २.२९ प्रतिशतले बढेर २ अर्ब ५० करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको उक्त आम्दानी २ अर्ब ४५ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
यता, बैंकको सञ्चालन नाफा भने ४१.७२ प्रतिशतले घटेर १ अर्ब ५ करोड ६६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सो अवधिमा भने बैंकको उक्त नाफा १ अर्ब ८१ करोड ३० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ७ अर्ब ५४ करोड रुपैयाँ ऋणात्मक रहेको छ । असोज मसान्तसम्मको अवधिमा बैंकको वितरणयोग्य नाफा ७ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । तीन महिनाको अवधिमा बैंकको प्रतिशेयर आम्दानी १२.४५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७७.६३ रुपैयाँ रहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend