Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टी खोल्दै कुलमान : नाम जनसेवा, चुनाव चिन्ह ‘बल्ब’


    आइतबार, कार्तिक २३ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठन हुने भएको छ । । घिसिङको पार्टी गठनको तयारी अन्तिम चरणमा पुगेको छ । पार्टीको नाम ‘नेपाल जनसेवा पार्टी’ र चुनाव चिह्न बल्ब राख्न लागिएको छ ।

    स्रोतका अनुसार सोमबार निर्वाचन आयोगमा ‘जनसेवा पार्टी’ नाममा नयाँ दल दर्ता गर्ने तयारी भइरहेको हो ।

    घिसिङ नेतृत्वमा पहिले ‘उज्यालो नेपाल पार्टी’ नाममा दल गठन गर्ने प्रस्ताव भए पनि केही नेताहरूले उक्त नामले एक व्यक्तिको छाप दिने भन्दै फरक नाममा जाने सुझाव दिएका थिए ।

    त्यसपछि ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुट्ने चरणमा छलफल पुगेको स्रोतले जनाएको छ । पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम (बल्ब)’ राख्ने प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार