Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित हुने


    आइतबार, कार्तिक २३ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज दिउँसो ४ बजेपछि सार्वजनिक गर्ने तयारी गरेको छ।

    बोर्डका एक स्रोतका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा भएलगत्तै नतिजा प्रकाशित गरिनेछ।

    “यदि कुनै टेक्निकल समस्या आएन भने आजै नतिजा सार्वजनिक हुनेछ,” स्रोतले जानकारी दियो।

    कक्षा १२ को पूरक परीक्षा गत असोज ७ र ८ गते सञ्चालन गरिएको थियो। गत साउन ११ गते सार्वजनिक नियमित नतिजामा ६१।१७ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार