Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • आयोगमा दल दर्ताका लागि निवेदन दिने संख्या २४ पुग्यो


    शुक्रबार, कार्तिक २१ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या २४ पुगेको छ । आज मात्रै चार वटा दल दर्ताको निवेदन आयोगमा पुगेको छ।

    ऊर्जाशील पार्टी नामक दल दर्ताको निवेदन पनि पुगेको छ । यसको नेतृत्वमा योगेन्द्र मण्डल रहने भनिएको छ ।

    चन्द्रप्रकाश सुवेदीको नेतृत्वमा सुन्दर नेपाल निर्माण पार्टी, सविन सिग्देलको नेतृत्वमा राष्ट्र निर्माण पार्टी र रत्नप्रसाद श्रेष्ठको नेतृत्वमा नागरिक सर्वोच्चता पार्टी नेपाल नाम दल दर्ताको निवेदन पुगेको छ।

    खगेन्द्र सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको लागि पुगेको छ । यो पार्टीको चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्तावित छ ।

    आयोगका अनुसार जेनजी आन्दोलनअघि ९ वटा दलले दल दर्ताका लागि निवेदन दिएका थिए । जेनजी आन्दोलनपछि १५ वटा दल दर्ताको निवेदन परेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार