Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • कांग्रेस बैठकमा प्रस्तुत भयो मंसिर २४ मा विशेष महाधिवेशनको प्रस्ताव


    शुक्रबार, कार्तिक २१ २०८२
    845
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा मंसिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव भएको छ ।

    केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनको मितिको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज कात्तिकको २१ गते भइसकेको भन्दै छोटो समयमा अधिवेशन सम्पन्न गर्नेगरी प्रस्ताव प्रस्तुत गरेको जानकारी दिए ।

    ‘नेपाली कांग्रेस को विधान मा व्यवस्था भएको धारा १७ ९२० अनुसार मंसिर २४ गते जुन दिन मंगला देवी सिंह उहाँको जन्म जयन्ती पर्छ। त्यस दिन बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौं,’ उनले बैठकमा भने ।

    ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशन गर्न सकिने आचार्यको भनाइ थियो ।

    चुनावको सम्मुखमा छोटो समयमा अधिवेशन सम्पन्न गर्नु पर्ने चाप पार्टीमा रहेको भनाइ उनको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार