काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टीको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै समसामयिक राजनीतिबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । जेन जेड आन्दोलनपछि डिरेल भएको संविधानलाई निर्वाचनले नै लिकमा ल्याउन सक्ने उनको ठहर छ ।
अर्यालले संसद्को पुनर्स्थापनाले निकास नदिने मत आफ्नो प्रतिवेदनमा राखेका छन् । दलहरूले देशलाई पुन लोकतान्त्रिक बाटोमा फर्काउन फागुन २१ को निर्वाचनमा सम्पूर्ण शक्ति र अर्जुन दृष्टि लगाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीमा सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा सर्वोच्च अदालतले न्यायिक निरूपण गर्ला नै । तर, कथम् संसद् पुनर्स्थापना भयो भने फेरि पुगिने त्यहाँ नै हो, जुन संसद्ले सरकार त देला तर जेन जेड आन्दोलनको म्यान्डेट र जनभावना अनुसार निकास दिन सक्दैन ।’
केही नेता विशेषसँग प्रधानमन्त्री स्वयम्को संवाद अनिच्छाले ती दल र सरकारबीचको दूरी बढाउने हो कि भन्ने चिन्ता अर्यालले व्यक्त गरेका छन् । सरकार सबै दल, नेता र जनताको अभिभावक भएकाले कसैप्रति आग्रह र पूर्वाग्रह राख्नु नहुने उनको सुझाव छ ।
सम्पत्ति विवरणसमेत नबुझाएको ‘नागरिक सरकारलाई’ रास्वपाले नि:सर्त र अनन्तकालीन समर्थन गर्न नसक्ने प्रतिवेदनमा प्रष्ट पारिएको छ ।
‘वर्तमान सरकार प्रतिशोधको राजनीतिविरुद्ध कसरी प्रस्तुत हुन्छ भन्नेदेखि सुशासन, दण्डहीनताको अन्त्य र निर्वाचन सम्बन्धित काम कारबाहीसम्म कसरी अघि बढ्छ भन्ने कुराले पार्टीको शुभेच्छा र सद्भावको निरन्तरता वा क्रमभंगता निर्धारण गर्ने छ,’ प्रतिवेदनमा भनिएको छ ।
https://drive.google.com/file/d/1974Tn93HwEbhpgFzkWvGPut3n7E5yqQO/view?usp=drivesdk
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend