काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सदस्य संख्या ३ लाख पुगेको छ । स्थापना भएको ४० महिनामा ३ लाख पार्टी सदस्य बनेको रास्वपाले जनाएको छ । अझै ३ जिल्लामा समिति बन्न बाँकी रहेको छ ।
पार्टीका अनुसार हिमाली जिल्लाहरूमा पार्टीको कुनै पनि संरचना बन्न सकेको छैन ।
७७ जिल्ला मध्ये ७४ जिल्लामा मात्रै पार्टीका संरचना बनेका छन् । ७५३ मध्ये ५५० पालिका र ४ हजार वडामा समिति बनेको सो पार्टीले जनाएको छ । देशका २ हजार ५ सय वडा र ५० पालिकामा मात्रै पार्टीको अधिवेशन भएको छ ।
३५ देशमा रास्वपा विस्तार भएको दाबी रास्वपाको छ । रास्वपाको अहिले ६२ सदस्यीय केन्द्रीय समिति, एक सल्लाकार परिषद्, २ वटा आयोग, ३८ विभाग, ७ प्रदेश समिति र ती अन्तर्गत विभागहरू छन् ।
पार्टीमा जतिसुकै उत्साहित भएर लाग्दा पनि देशका सबै पालिका र जिल्लामा पार्टी संरचना ग्रासरुटसम्म लैजान नसकिएको यर्थाथता रहेको रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछानेमाथि झुटा मुद्दा लगाइनु, लान्छना र अफवाह फैलाउनु, बदनाम गरिनु तथा राजनीतिक र व्यक्तिगत प्रतिशोध गरिँदा पार्टी कमजोर नभई बलियो भएर फैलिएको विश्लेषण रास्वपाको छ ।
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी कर्मचारीहरु अत्यन्तै अप्ठ्यारो र कठिन भौगोलिक स्थानहरुमा कुनै किसिमबाट विचल्लीत नभई खटिँदै आईरहेको हुँदा सशस्त्र प्रहरीको जनशक्तिलाई...
काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सडक सञ्जाल आगामी असोजभित्र सञ्चालनमा ल्याउने गरी पुनस्स्थापनाको काम तीव्र बनाएको छ। तत्काल वैकल्पिक सडक सञ्चालन तथा तुइन र...
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको हो । अध्यक्ष तामाङ आजै प्रधानमन्त्री बालेन...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताएका छन् । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रसुवाको भोटेकोसी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषित विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend