काठमाडौँ । नेपाल सरकारले एमसीसी कम्प्याक्ट अन्तर्गत एमसीए–नेपालमार्फत काम गर्ने निर्माण र सेवा प्रदायक कम्पनीहरूलाई चालू आर्थिक वर्ष २०८२/८३ का लागि आयकर छुट दिने निर्णय गरेको छ ।
एमसीसी परियोजनामा काम गर्ने कम्पनीलाई मन्त्रिपरिषद्ले आयकरमा दिएको छुट सम्बन्धमा अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको हो।
उक्त सूचनामा आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (१) बमोजिम उक्त निर्णय गरिएको जानकारी गराएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार जारी गरिएको उक्त सूचनामा भनिएको छ, ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साउन १८ गतेको निर्णयअनुसार सो परियोजनामा संलग्न कम्पनीलाई आयकर छुट दिइने भएकोले यो सूचना प्रकाशित गरिएको हो ।’
यस निर्णयले नेपालमा शाखा दर्ता गरेका वा स्थायी संस्थापनका रूपमा दर्ता रहेका एमसिसी कम्प्याक्ट बमोजिम एमसीए–नेपालको काम गर्ने कम्पनीले एमसिसी फन्डिङ ९नेपाल सरकारको योगदानसहित०बाट आर्जित आम्दानीमा यस वर्ष आयकर तिर्नुपर्ने छैन ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायका अनुसार, यो व्यवस्थाले सरकारलाई विशेष परियोजना वा निकायका लागि कर छुटका व्यवस्था गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
यसको प्रत्यक्ष लाभ एमसिसी परियोजनाअन्तर्गत भइरहेको ट्रान्समिसन लाइन र सडक सुधार जस्ता ठुला पूर्वाधार आयोजनामा कार्यरत कम्पनीहरूलाई हुनेछ । यस निर्णयले परियोजनाको गतिलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend