Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • प्रहरीलाई कुटेर विराटनगर बाल सुधार गृहबाट भागे ७ कैदी


    शुक्रबार, कार्तिक २१ २०८२
    650
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विराटनगरस्थित बाल सुधार गृहबाट सातजना बाल बिठ्याइँकर्ता (कैदी)फरार भएका छन्। उनीहरू बिहीबार साँझ सुरक्षामा खटिएका प्रहरीलाई कुटपिट गरेर फरार भएका प्रहरीले जनाएको छ।

    फरार हुनेमा बाल बिज्याइँ गरेर सुधार गृहमा बस्दै आएका १८ वर्ष माथिका युवक छन्।

    कार्यालय बन्द हुने समय पारेर ती बिझ्याइँकर्ताले समूह बनाएर ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेपछि गेट खोलेर भागेको बाल सुधार गृहका प्रमुख सञ्जीव न्यौपानेले जानकारी दिए।

    उनीहरु जबरजस्ती करणी, लागू औषध, हत्या लगायतका अपराधमा संलग्न रहेका कैदीहरु हुन्।

    फरार भएकामध्ये एक जनालाई स्थानीयले हिजै साँझ नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। बाँकी ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ।

    बाल सुधार गृहमा सुरक्षामा खटिने प्रहरीसँग हतियार नहुने र २७–२८ वर्ष उमेर समूहका विज्याइँ कर्तासमेत राख्नुपर्दा सुरक्षामा चुनौती थपिएको प्रहरीले जनाएको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार