Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा विवादबारे छिटो निर्णय गर्न निर्वाचन आयोगलाई कांग्रेस सभापति देउवाको आग्रह


    सोमबार, फाल्गुन ३ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैधानिकताबारे चाँडै निर्णय गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

    प्रतिनिधि सभा विघटनको विरोधमा बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै देउवाले नेकपा विवादबारे अहिलेसम्म निर्णय नगरेको भन्दै निर्वाचन आयोगको आलोचनासमेत गरे । साथै उनले आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने आशंका बढेकाे पनि बताए ।

    अदालतमा विचाराधीन मुद्दामा यही गर भन्न नमिल्ने बताउँदै उनले यसबारे आफ्नै पार्टीमा फरक फरक मत आएको भन्दै अदालतको निर्णय पर्खिनुपर्ने बताए । उनले भने, ‘अदालतले संसद् फिर्ता गर्छ भने पनि हामीलाई ठीक छ, चुनाव गर भन्छ भने पनि ठीक छ ।’

    नेकपाको बैधानिकताबारे निर्णय नगरेकोतर्फ संकेत गर्दै निर्वाचन आयोगको आलोचना गरे । प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार