Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा


    बिहिबार, कार्तिक २० २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले बिहीबार आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । यस्तै अख्तियारले एक निर्माण सेवा प्रा।लि। उपर पनि मुद्दा दायर गरेको छ ।

    उनीहरूले गलत लिखत तयार गरीरगराई सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार