Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनाबकाे घाेषणा जनता भुलाउने नाटक हो, वैशाखमा कुनैपनि हालतमा चुनाब हुँदैन : प्रचण्ड


    सोमबार, फाल्गुन ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । नेपालल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुस्पकमल दहाल ‘प्रचण्ड’ले आउँदो वैशाखमा कुनै पनि हालतमा निर्वाचन नहुने दावी गरेका छन् ।

    चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने–‘चुनाब जनता भुलाउने नाटक हो । चुनाब हुन गरिएको प्रतिगमन होइन, तपाइँहरु प्रष्ट हुनुस चुनाब हुँदैन ।’

    चुनाबको कुनै अर्थ नरहेको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रलाई प्रहार गरि चुनाबको मिति तोकिएको दावी गरे ।

    प्रधानमन्त्री ओलीले लामो बलिदानीबाट प्राप्त भएको उपलब्धि धरापमा पारेको आरोप लगाउँदै उनले ओलीको संसद विघटन, संवैधानिक नियुक्तिलगायतका विरुद्धमा आम नेपाली एकजुट हुनु पर्ने उनकाे भनाइ थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार