Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारो पारियाे : प्रधानमन्त्री ओली


    सोमबार, फाल्गुन ३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिगमनको आरोप लगाउँदा उदेक लागेकाे र सरकार गठन भएदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेकाे बताएका छन् ।

    सरकार गठन भएको तीन वर्ष पूरा भएको अवसरमा साेमबार सिंहदरबारबाट आफ्ना उपलब्धिबारे जानकारी दिँदै उनले आफूलाई सुरुदेखि नै काम गर्न अफ्ठ्यारोमा पारेको बताए ।

    “प्रतिगमनको आरोप लगाउँदा मलाई उदेक लाग्छ । वास्तवमा बहस हो कि लाञ्छनामात्रै हो । के हो प्रतिगमन भनेको ? निर्वाचन प्रतिगमन हो ? निर्वाचन हुँदा बहुदलीय प्रतिष्पर्धात्मक राजनीतिक प्रणाली समाप्त हुन्छ ? हामीले रोजेको प्रणाली होइन ?,” उनले भने, “जनताका बीचमा जाँदा प्रतिमगन हुने भए दुईवर्षमा हुने चुनाव पनि प्रतिगमन हो ? निर्वाचनलाई प्रतिगमन भन्नुभएको हो ? कि केलाई प्रतिगमन भन्नुभएको हो ? प्रणालीले कोरेका सीमाभन्दा बाहिर गएका छौँ ?”

    उनले प्रतिगमनको आरोप लगाउनेले राजनीति गर्न नजानेको टिप्पणी पनि गरे ।

    “कुनै हालतमा चुनाव गराउँदैन भनेर उहाँहरु राजनीति गर्नहुुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ?,” उनले भने, “कस्तो शास्त्र हो उहाँहरुको चुनाव हुँदैन भन्ने ? हामी उल्टो बाटोतर्फ फर्किएका छैनौँ ।”

    सरकार बनाउन र ढाल्न के के गरिए भन्नेतर्फ अहिले नजाने बताउँदै अस्वस्थ बाटो अवलम्बन नगरेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार