Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देशमा राजासहितको प्रजातन्त्र आवश्यक छ: कमल थापा


    सोमबार, फाल्गुन ३ २०७७
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक भएको औंल्याएका छन् ।

    सोमबार सामाजिक संजालमा प्रतिक्रिया दिंदै अध्यक्ष थापाले नेपाली समाज सनातन मूल्य, मान्यता,धर्म र संस्कृतीको जगमा खडा भएको पनि उल्लेख गरेका छन् ।

    संगठन सुदृढीकरण अभियानमा देशब्यापी अभियानमा जुटेका थापाले कोह कसैसँग डराउन नपरेपछी नेपालमा भ्रष्टाचार, ब्यभिचार र मनपरितन्त्र बढेको पनि बताए ।

    अध्यक्ष थापाले देशका विभिन्न स्थानमा पुगेर राजासहितको प्रजातन्त्र नै नेपाल र नेपालीको हितमा हुने प्रतिक्रिया दिंदै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार