Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५ एसएसपी डीआईजीमा बढुवा, सीआईबीमा खत्री


    सोमबार, कार्तिक १७ २०८२
    645
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले पाँच ५ एसएसपीलाई डीआईजीमा बढुवा गरेको छ ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबार भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अबिनारायण काफ्लेलाई डीआईजीमा बढुवा गर्ने निर्णय गरेका हुन् ।

    एक सातापहिले उनीहरू बढुवाका लागि सिफारिस भएका थिए । बढुवा भएका डीआईजीको जिम्मेवारी पनि तोकिएको छ ।

    भुपेन्द्र खत्री सीआईबीमा, सानुराम भट्टराई अपराध अनुसन्धान विभागमा, ओम अधिकारी उपत्यका प्रहरी कार्यालयमा, शेखर खनाल अख्तियारमा र अबिनारायण काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार