Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सुन्धारा कारागारबाट भागेका बन्दी ग्यासगन र गोलीसहित पक्राउ


    आइतबार, कार्तिक १६ २०८२
    660
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जेनजी आन्दोलनका क्रममा प्रहरीको ग्यासगन र गोली लुटपाटमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन्।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काभ्रेपलान्चोकको महाभारत गाउँपालिका १ घर भई हाल काठमाडौँको गोकर्णेश्वर बस्ने २२ वर्षीय राजा तामाङ भन्ने वाङ्सु लामालाई पक्राउ गरेको हो।

    उनी भदौ २४ गते सुन्धारा कारागारबाट फरार भएका थिए। त्यसअघि उनलाई ज्यान मार्ने उद्योगको कसुरमा जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

    कात्तिक १३ गते साँझ काठमाडौँ महानगरपालिका ७ लाहुरेटोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लास्टिकले बेरिएको अवस्थामा कुर्सीमाथि कालो झोला फेला परेको थियो। झोलामा ९७२ डब्ल्युके ६८३०१ ०३२१८९ नं उल्लेख भएको ग्यास गनको बट र नालको भाग छुट्याएको अवस्थामा फेला परेको थियो।

    अनुसन्धानका क्रममा उक्त झोला राजा तामाङको भएको खुलेको थियो। कात्तिक १४ गते साँझ उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो।

    उनको डेराबाट ३ थान गोलि पनि बरामद भएको सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार