Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश


    आइतबार, फाल्गुन २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीविरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ ।

    आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न आदेश दिएको हो ।

    रिट निवेदक अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार लिता निवास जग्गा प्रकरणमा अख्तियार र विशेष अदालतमा रहेका फाइल झिकाएर प्रमाण बुझ्न सर्वाेच्चले आदेश दिएकाे हाे । 

    अधिवक्ता न्यौपानले नेपाल र भट्टराईलाईसमेत मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार