काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले तेस्राे चरणको आन्दोलन घोषणा गरेको छ।
प्रचण्ड–नेपाल समूहले आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो। उद्देश्य पूरा नभएसम्म आन्दोलन जारी रहने पत्रकार सम्मेलनमा नेताहरुले बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूह आन्दोलित छ ।
प्रचण्ड–नेपाल समूहले सार्वजनिक गरेका कार्यक्रम यस्ता छन्
फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय सभा
६ गते काठमाडौंको टुँडीखेल वरिपरि मानव साङ्लो अपरान्ह ४ देखि ५ बजेसम्म
७ गते देशव्यापी रुपमा सबै पालिकाका वडास्तरमा विरोध कार्यक्रम
७ देखि १५ गतेसम्म सार्वजनिक स्तरमा हस्ताक्षर अभियान वडा तहसम्म
८ गते काठमाडौंमा वृहत् अन्तरक्रिया
९ गते देशव्यापी रुपमा महिलाको विरोध कार्यक्रम
१० गते काठमाडौं र प्रत्येक जिल्लामा दलित मोर्चाको कार्यक्रम
११ गते मधशी, आदिवासी, पिछडा वर्ग आदिको संस्कृति झल्किने प्रदर्शन
१२ गते चितवनमा वृहत् सभा
१४ गते काठमाडौैंमा युवा र्याली
१५ गते काठमाडौंमा कसान तथा सुकुम्बासीको र्याली
२१ गते दाङमा वृहत् सभा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend