Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा


    बुधबार, कार्तिक १२ २०८२
    740
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटले राजीनामा बुझाएका छन् । सुदूरपश्चिम प्रदेश कार्यालयमा कार्यरत रानाभाटले आजै प्रहरी प्रधान कार्यालय, नक्सालमा राजीनामा बुझाएका हुन्।

    आफूले पारिवारिक कामको कारणले राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

    उनले आजै राजीनामा बुझाएको तर स्वीकृत हुन बाँकी रहेको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ । उनले बुझाएको राजीनामा आईजीपीले निर्णय गरेर गृह मन्त्रालय पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

    रानाभाट एसपीबाट एसएसपी बढुवा हुने बेलामा एक नम्बरमा नाम हुँदा पनि छुटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार