Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरी जवान थापाको हत्यामा संलग्न थप २ जना पक्राउ


    मंगलबार, कार्तिक ११ २०८२
    600
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका जवान उत्तम थापाको हत्यामा संलग्न थप दुई जना पक्राउ परेका छन् ।

    प्रहरीले सोमबार सिन्धुली घर भई सुकेधारा बस्दै २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा घर भई मनमैजु बस्ने २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरेको हो । उनीहरुले प्रहरी जवान थापामाथि कुटपिट गर्नुको साथै प्रहरी वृत्तमा आगजनी तथा तोडफोड समेत गरेको आरोप छ ।

    उनीहरूलाई दुबै जनालाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

    यसअघि प्रहरीले हत्यामा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरिसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार