लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताउनुभएको छ । उहाँले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले निजी क्षेत्रको सहकार्यलाई नै प्राथमिकतामा राखिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको आज बुटवलमा शिलान्यास गर्नुहुँदै सरकारले निजी क्षेत्रसँगको सहकार्यमा विकासलाई अगाडि बढाउन जोड दिएको उल्लेख गर्नुभयो । उहाँले आयोजनाका निर्माणकर्ताहरुले आयोजनाको काम एक वर्षभित्र सक्ने प्रतिबद्धता जनाएकामा प्रशंसा गर्दै यसका लागि जे जस्तो सहयोग चाहिन्छ सरकारले पूरा गर्ने विश्वास दिलाउनुभयो ।
उहाँले निजी क्षेत्रको आर्थिक लगानीमा सरकारले जग्गा उपलब्ध गराउने, बाटो निर्माण र ट्र्याक खोलेर निजी क्षेत्रसँग विकासमा सहकार्य गरिरहेको समेत बताउनुभयो । “कर तिर्नुस् नाफा कमाउनुस्”, उहाँले भन्नुभयो, “विकास सबैका लागि हुनुपर्छ र सबैका लागि विकास भएमा जनतामा पनि खुशी छाउँछ ।” प्रधानमन्त्रीले कोभिड–१९ ले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस्ता आयोजनाहरुले मुलुकको पर्यटन क्षेत्रको विकासमा पनि सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले बुटवलको जनसङ्ख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकमाझ यो केवलकार लोकप्रिय बन्नेछ भन्नुभयो ।
प्रधानमन्त्री ओलीले बुटवलमा मानव अस्तित्वको एक करोड वर्ष पुरानो आदिमानव रामापिथेकसको दाँत फेला परेको वैज्ञानिक तथ्यले पुष्टि भएको हुँदा मानव सभ्यताको उद्गमस्थल यस ऐतिहासिक ठाउँमा यस्ता विकासका पूर्वाधारले पर्यटन क्षेत्रको विकासमा थप मद्दत पुग्नेछ भन्नभयो । उहाँले बुटवल क्षेत्र ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबीचमा लुम्बिनी केवलकार ‘रोलमोडल’ बन्न सक्ने र यसले आफ्नो लक्षित प्रतिफल छिट्टै नै प्राप्त गर्ने विश्वास दिलाउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका वासिन्दा निकै खुशी भएका छौँ भन्नुभयो ।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय सङ्गमस्थलसहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्नस्वरुप यो आयोजना शुरु गरिएको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशीलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतीक्षापछि आयोजनाले गति लिएकामा खुशी व्यक्त गर्दै आयोजना समयमै पूरा गर्ने बताउनुभयो ।
बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले आयोजनाले यस क्षेत्रको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । लुम्बिनी केवलकार प्रालिद्वारा निर्माण हुने यस केवलकार बमघाटबाट माथि वसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमिटर लामो केवलकारको यात्रापछि पुगिने वसन्तपुर डाँडामा सुविधासम्पन्न होटेल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । रासस
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend