Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुटवलमा ओली पक्षको शक्तिप्रदर्शनः भेलामा सहभागी हुन जग्गा दिने प्रलोभन 


    शनिबार, फाल्गुन १ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा ओली समूहको आयोजनामा रुपन्देहीको बुटवलमा जुलुस प्रदर्शन सुरु भएको छ । ओली समूहले आज बुटवलमा शक्तिप्रदर्शन गर्ने भएकाले लुम्बिनी प्रदेशबाट मन्त्री भएका अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, टोपबहादुर रायमाझी, प्रदीपकुमार ज्ञवाली, मणिचन्द्र थापासहितको टोली मानिस जुटाउन केही दिनदेखि नै बुटवलमा तैनाथ रहेका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि मानिस भेला पार्न अहोरात्र लागेका छन् । सत्तामा भएकाले नियुक्तिदेखि ठेक्कापट्टाको आश्वासन दिएर मानिसको संख्या देखाउन ओली पक्ष लागेको छ ।

    बुटवलको सभामा २ लाख मानिस उतार्ने दाबी ओली समूहले गरेको छ । जति गर्दा पनि मानिस भनेजति नजुट्ने देखेपछि जग्गा दिने प्रलोभन देखाएर मानिस भेला पार्ने काम ओली समूहले गरेको छ ।

    बुटवलको सिद्धेश्वर माविको प्रांगणमा आयोजना हुने सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । ओली पक्षले सभाका लागि सिद्धेश्वर मावि प्रांगणमा आकर्षक मन्च तयार गरेको छ । सभालाई बुटवलबाटै प्रतिनिधित्व गर्ने अर्थमन्त्री तथा पार्टीका महासचिव तथा विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले सम्वोधन गर्दैछन् ।

    ओली पक्षले असंवैधानिक रुपमा गरेको संसद विघटन बाध्यात्मक परिस्थितिको उपज भएकोबारेमा जानकारी दिन सभा आयोजना गरिरहेको छ । नेकपा प्रचण्ड–माधव पक्षले माघ १५ मा बुटवलमा विशाल बिरोध प्रदर्शन गरेपछि ओली पक्षले त्यसलाई काउन्टर दिन आजको सभा राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार