Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको रक्षाका निम्ति बलिदान तयार छौंः प्रचण्ड


    शनिबार, फाल्गुन १ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । आज  जनयुद्ध दिवस ।  आजकै दिन २०५२ मा तत्कालीन नेकपा माओवादीले राज्यसत्ताबिरुद्ध हतियार उठाएको थियो ।  १० बर्षे जनयुद्धको जगमा नै नेपालमा गणतन्त्र प्राप्ती भएको कुरामा कसैको दुईमत हुनसक्दैन ।  २६ औं जनयुद्ध दिवसका अवसरमा  आज नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सहिद स्मृति सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

    सहिद स्मृति सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति सम्झौतालाई सफल पार्न आफूहरूले खेलेको भूमिका दूरगामी रहेको समेत बताएका छन् । उनले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा युगान्तकारी कदम भएको बताएका छन् ।

    ‘शान्ति सम्झौतामा गयौं, सेना समायोजन गर्यौं, हतियातार व्यवस्थापन गर्यौं, ती आफैंमा ऐतिहासिक र युगान्तकारी प्रकृतिका छन्’ अध्यक्ष प्रचण्डले भने–कतिलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ । जे कर्म गरेका छौं, त्यो युगान्तकारी छ ।’
    सबैभन्दा उत्पीडित र विभेदमा पारिएको वर्ग, समुदाय अगाडि आउनु इतिहासको आवश्यकता रहेको उल्लेख गर्दै उनले पार्टीको नेता र युद्धको रणनीतिकारका रूपमा आफूले त्यो भूमिका पाएको बताएका छन् । 

    ‘जनयुद्ध उत्पीडित समुदायको विद्रोह नै हो । मैले पार्टी नेताको हैसियतले, युद्धको रणनीतिकारका हैसियतले त्यो भूमिका प्राप्त गरेको मात्र हो,’ प्रचण्डले भने, ‘त्यसैको परिणाम अहिले गणतन्त्र र समावेशी, समानुपातिकको चरणमा आइपुगेका छौं । 
    अहिलेको सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण जनयुद्धको उपलब्धि गुम्ने खतरा रहेको उनको भनाइ छ । सहिदका सपना कुल्चिने प्रयास भए आफू टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत दिएका छन् ।

    युद्धका क्रममा आफू पनि बालबाल बाँचेको बताउँदै उनले सहिदका सपना कुल्चिने प्रयास भइरहेको दृश्य सहन नसक्ने बताएका छन् । जनताले रगत बगाएर प्राप्त गरेको समावेशी लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता जस्ता विषयको रक्षाका निम्ति बलिदान दिन समेत तयार रहेको प्रचण्डको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार