Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा नेता झलनाथ खनालको उपचार भारतको एपोलो अस्पतालमा हुँदै


    शनिबार, फाल्गुन १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता  झलनाथ खनालको उपचार एपोलो अस्पतालमा सुरु भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको उपचार सुरु भएको छ ।

    पूर्वप्रधानमन्त्री खनाललाई उच्च रक्तचाप र स्वासप्रश्वास सम्बन्धी समस्या रहेको छ ।केही दिनदेखि स्वास्थ्यमा समस्या बढेपछि उनी हिजो भारत प्रस्थान गरेका थिए । यसैबीच अस्पताल पुगेरै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले स्वास्थ्य लाभको कामना गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार