Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवन कारागारबाट भागेका १३९ कैदीबन्दी अझै फरार


    आइतबार, कार्तिक ९ २०८२
    835
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जेनजी आन्दोलनपछि चितवन कारागारबाट भागेका १३९ जना कैदीबन्दै अझै फरार छन्।

    जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै नफर्किएको कारागार प्रमुख रवीन्द्रप्रसाद ढुंगानाले जानकारी दिए। फरार हुनेमा दुई बालबालिकासहित छन्।

    यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये ५९१ जना कारागार फर्किएका छन् भने नौ जना अन्य कारागारमा पुगेका छन्।

    यसअघि सम्पर्कमा आएकासमेत सम्पर्कविहीन भएका हुन। सम्पर्कविहीन भएकाहरुको सम्पर्क ठेगानासहित सम्बन्धित प्रहरी एकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिए।

    यसरी सम्पर्कविहीन भएकाहरुमा धेरै लागुऔषध र जबरर्जस्ती करणीका रहेको उनले जानकारी दिए। फरार भएकामध्ये दुर्लभ एक सिङ्गे गैंँडा चोरी सिकारीसमेत रहेका छन्।

    कारागार कार्यालयले गत असोज २० गतेसम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो।

    कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने जनाएको थियो। फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाईसमेत कसुरदार ठानी कारबाही गरिने उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार