Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनको भाउ ११ हजार ६ सय रूपैयाँले घट्यो, तोलाको कति पुग्यो ?


    आइतबार, कार्तिक ९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनको भाउ प्रतितोला ११ हजार ६ सय रूपैयाँले घटेर कारोबार भइरहेको छ।

    तिहार बिदाअघि कात्तिक ३ गते सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रूपैयाँ थियो। आइतबार प्रतितेला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुन चादी ब्यबसायी महासंघले जनाएको छ।

    अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्य वृद्धिले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो।

    मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको ‘द फाइनान्सियल टाइम्स’ ले लेखेको छ। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो।

    गत शक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४१ सय १३ डलरमा कारोबार भइरहेको थियो। शनिबार र आइतबार भने अन्तर्राष्ट्रिय बजार बन्द रहन्छन्।

    आइतबार चाँदी भने तोलामा दुई सय ६५ रूपैयाँले घटेर तीन हजार १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार