काठमाडौं । सिन्धुलीमा ढुङ्गाले हानेर श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । कमलामाई नगरपालिका–६ पानीटंकीमा घरायसी विवादका क्रममा ४८ वर्षीया राधिका वाइबाले ५५ वर्षीय बुद्धसिंह वाइबाको ढुंगाले हानेर हत्या गरेकी हुन् ।
यही कात्तिक १ गते श्रीमतीले हानेको ढुंगाले लागेर गम्भीर घाइते भएका बुद्धसिंहको आज बिहान मृत्यु भएको सिन्धुलीका प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्ध सिंहको सिन्धुली अस्पताल तथा थप उपचारको लागि बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । तर, अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए ।
घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका–५ स्थित ससुरालीमा राखिएका उनको आज मृत्यु भएको हो । ढुंगा प्रहार गर्ने श्रीमतीलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend