Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रिहा भएपछि रामकुमारी झाँकीले भनिन्– ओली सरकारले दबाब थेग्न सकेन


    बिहिबार, माघ २९ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ ।ब नेकपा प्रचण्ड-नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले सरकारले चौतर्फी दबाब थेग्न नसकेपछि आफूलाई रिहा गरेको प्रतिक्रिया दिएकी छिन् ।

    बिहीबार दिउँसो  पक्राउ परेकी उनले साँझ श्रीमान् पशुपति पुरीको जिम्मा जमानीमा रिहा भएपछि यस्तो प्रतिक्रिया दिएकी हुन् ।

    उनले प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुने पनि उद्घोष गरिन् । ‘चौतर्फी दबाव थेग्न नसकेपछि सरकारले मलाई रिहा गरेको हो । प्रतिगमनविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ, बनाइन्छ’, रिहा भएपछि उनले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् । 

    राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर उनलाई पक्राउ गरिएसँगै चौतर्फी रुपमा रिहाइको माग गएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार