काठमाडौँ। आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।
७० औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी संगठनको मात्रै नभई नेपाल सरकारको नै प्रतिनिधित्व गर्ने हुनाले ती प्रहरी कर्मचारीहरूको कार्य उत्प्रेरणा र सेवा प्रवाहको स्तरबाट नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुन्छ,’ मन्त्री अर्यालले भने ।
तसर्थ ती प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने र क्षमता अभिवृद्धि गर्न संगठनको तहबाट हुने कार्यक्रमहरू पहिचान गर्न र मन्त्रालय तथा नेपाल सरकारबाट हुनुपर्ने कार्यहरूको सम्बन्धमा संगठनको तर्फबाट प्रस्ताव गर्नुहुन प्रहरी महानिरीक्षकज्यू प्रति मेरो आग्रह छ,’ उनले भने ।
त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई गराउनु पर्ने दायित्व पनि प्रहरीसँग रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको लागि पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्यसम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको उल्लेख गरे ।
प्रहरीलाई साधन स्रोत युक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने उनले बताए ।
‘गत असोज १७ गतेदेखिको अविरल वर्षाका कारण सिर्जित विपद्मा जनधनको ठुलो क्षति भएको छ । त्यस विपद्को घडीमा आफ्नो ज्यान जोखिममा राखेर क्षति न्यूनीकरण विपद् उद्धार तथा राहत वितरण लगायतका कार्यमा खटिने कर्मठ प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ मन्त्री अर्यालले भने ।
नेपाल प्रहरीको जिम्मेवारी बोध र कर्तव्य परायणतामा प्रश्न नरहेता पनि केही सीमित प्रहरी कर्मचारीहरूका आचरण व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार आवश्यक देखिएको भन्दै त्यसलाई जनमैत्री बनाउनुपर्ने उनले बताए ।
प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ,’ उनले भने ।
त्यसैले अपराधका खिलाफ तयारी बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने चुनौती र अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने हिसाबले नेपाल प्रहरी हरदम तयार हुनुपर्ने उनले बताए ।
नेपाल प्रहरीलाई साधन स्रोतले सुसूचित बनाए देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।
जसकारण आधारभूत तहका प्रहरी कर्मचारीको मनोबल उकास्नुपर्ने उनले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend